बाढी पहिरो र चट्याङबाट ७ को मृत्यु, ७ वेपत्ता
Admin / 2014-08-27 03:42:50
नेपाल ब्युरो– भदौ ११, काठमाठौ ।
देशमा विभिन्न भागमा आएको बाढी पहिरो र चट्याङबाट ७ जनाको मृत्यु भएको छ ।
विभिन्न भागमा गएको बाढी पहिरोमा पुरिएर ६ र चट्याङबाट अर्का एक गरी सात जनाको मृत्यु भएको छ भने सातै जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ । मानेश्वरी प्रावि नुवाकोटका शिक्षक बीरबहादुर तामाङ, उहाँकी १३ वर्षीया छोरी एलिसा , चार वर्षका छोरा प्रशान्त र ७० वर्षका बुबा मानबहादुरको पहिरोमा पुरिएर मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । त्यसैगरी तामाङकी ३२ वर्षीया श्रीमतीले भने भागेर ज्यान जोगाएकी छिन ।
यसैबीच, वर्षापछि मेलम्ची खोलामा आएको बाढीले ग्याल्थुम अडिट मार्ग भत्काएको छ । मेलम्ची खोलाको बाढीले मेलम्ची खानेपानी आयोजनाको करोडौंको सामान समेत बगाएको छ । उता पर्वतको कुश्मा नगरपालिका १८ पकुवाका हरिलाल चापागाईको घर पुरिंदा उनकी श्रीमती पुतली, तीजमा माईत आएकी छोरी जमुना पौडेल र उनका एक छोरा र एक छोरी पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहान सात बजे घरमाथिको राम्चेको डाँडो खसेर घर पुरिएकाले उनीहरु बेपत्ता भएका हुन । हरिलाल भने घरमा नहरेकाले बचेका छन् । बेपत्तामध्ये पुतलीको भने घाइते अवस्थामा उद्धार गरिएको र अन्यको खोजी जारी रहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।
उता, पहिरोले नहर थुनिएपछि पर्वतकै चुवा स्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला १ जलबिद्युत आयोजनाको उत्पादन कार्य पनि बन्द भएको छ । यस्तै पहिरोले राम्जा देउराली गाबिस ७ स्थित जीवनज्योती प्राबिको भवन पनि बगाएको छ । त्यस्तै पर्वतको डिमुवामा पहिरो जाँदा पोखरा बाग्लुङग राजमार्ग समेत अबरुद्ध भएको छ ।
यसैगरी, स्याङजाको पुतली बजार वडा नम्बर ९ आमबोटमा गए राति गएको पहिरोले एक घर पुरिँदा नाम खुल्न नसकेकी एक बालिकाको मृत्यु भएको छ भने मग्याम चिसापानी गाविस वडा नम्बर ६ मा आज बिहान परेको चट्याङका कारण दिलमाया थापाको मृत्यु भएको छ । आंधीखोलामा आएको बाढीले बगाएर एक मजदुर महिला बेपत्ता भएकी छिन् भने खोला किनारका एक दर्जन घर डुवानमा परेको छ । बाढीले वालिङस्थित पतञ्जलि योगपीठको भवनमा समेत क्षति पुगेको छ ।
यता कैलालीको टीकापुर स्थित राजिपुर–८ सितापुरमा गए राती ३ बजे घरमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । राती सुतिरहेका बेला हावाहुरी र पानी पर्दा एकै घरका १६ वषिर्या कृष्ण कसारा र १० वषिर्य सागर कसराको मृत्यु भएको छ । घाइते हुनेमा मन्धरी कसरा, सहिल कसरा, निशा कसरा घाइते भएको प्रहरी नयाक निरिक्षक नवराज रावलले बताउनुभएको छ । घाइतेको उपचार टीकापुर अस्पतालमा उपचार भैरहको टीकापुर अस्पातलले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-27 03:42:50
प्रतिक्रिया: