ईजरायल र प्यालेष्टानी चरमपन्थी हमासबीच युद्धबिराम गर्ने सहमति
Admin / 2014-08-27 02:59:59
नेपाल ब्युरो– भदौ ११, एजेन्सी ।
लामो समयका लागी ईजरायल र प्यालेष्टानी चरमपन्थी हमासबीच युद्धबिराम गर्ने सहमति भएको छ ।
समयसिमा नतोकी भएको उक्त सहमतिमा तत्काल दुबै पक्षले कुनै किसिमका आक्रमण नगर्ने प्रतिबद्धता जनाएका छन् । ईजिप्टमा भएको वार्तामा दिर्घकालिन युद्ध बिरामको सहमति जुटेपछि गाजाका स्थनीयले खुसियाली मनाएको बताइएको छ ।
खुसियाली मनाउने क्रममा केही हवाई फायर पनि भएको बिबिसिले जनाएको छ ।
७ हप्ते लामो संघर्षमा करिब २ हजार २ सय नागरिकले ज्यान गुमाएका थिए । संघर्षका बीचमा थुप्रैपटक आवधिक युद्ध बिराम भएपनि यस पटक भने दिर्घकालीन समाधान खोज्ने गरी संघर्ष रोकिएको हो ।
ईजिप्टको मध्यस्ततामा राजधानी कायरोमा भएको बार्तामा आगामी महिनादेखि धेरै विवादास्पद मुद्धामा बार्ता सुरु गर्ने सहमति भएको छ । यस्तै बार्तामा हमासले आफ्ना बिद्राहीसंग भएको हतियार व्यवस्थापन गर्ने विषयमा पनि छलफल अगाडि बढाउन सहमति जनाएको छ ।
प्रकाशित मिति: 2014-08-27 02:59:59
प्रतिक्रिया: