आर्थिक एजेण्डालाई अघि नबढाए मुलुकले फड्को मार्दैन : अर्थमन्त्री महत
Admin / 2014-08-26 08:56:12
नेपाल ब्युरो– भदौ १०, काठमाडौ ।
अर्थमन्त्री डा. रामशरण महतले देशले फड्को मार्न आर्थिक एजेण्डालाई अघि बढाउनुपर्ने बताउँनुभएको छ ।
उहाँले आर्थिक एजेण्डालाई अघि नबढाएसम्म देशले फड्को नमार्ने बताउनुभएको हो ।
नेपाली कांग्रेसद्धारा काभ्रेको महादेवस्थानमा आयोजित बीपी जन्म शताब्दीसम्वन्धी कार्यक्रममा महतले संसारले लिएको गति नेपालले समात्नुपर्ने बताउनुभयो ।
नेपालको भौगोलिक विविधता अनुसार कृषि क्षेत्रबाट ठूलो फड्को मार्ने संभावना रहेको बताउँदै कृषि क्षेत्रको विकासका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको जीकीर गर्नुभयो ।
कृषिपछि पर्यटन क्षेत्रले नेपालको आथिर्क विकासमा ठूलो सहयोग गर्ने संभावना रहेको उहाँले बिचार व्यक्त गर्नुभयो ।
मुलुकमा अपार जलभण्डार रहेको चर्चा गर्दै अर्थमन्त्री डा महतले त्यसको सदुपयोगमा ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । पानी उपयोग बिना खेर जानु भनेको नेपालको ठूलो नोक्सानी भएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: 2014-08-26 08:56:12
प्रतिक्रिया: