नयाँ दिल्लीमा एक नेपाली किशोरीमाथि सामूहिक बलात्कार
Admin / 2014-08-26 04:19:10
नेपाल ब्युरो– भदौ १०, काठमाठौ ।
भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
जागिर दिने बहाना बनाएर काठमाडौं घर भएकी किशोरीलाई ६ जनाको समूहले बलात्कार गरेको हो ।
किशोरीलाई नयाँदिल्लीस्थित मेहरौली होटलमा बोलाइ सामूहिक बलात्कार गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अन्तरवार्ता दिन भन्दै उनलाई होटलमा बोलाएर मदिरामा लठ्ठ भएका समूहले उनलाई बलात्कार गरेको हो । उक्त समुहले किशोरीलाई पनि जबरजस्ती पिउन लगाएर यौन दुव्र्यबहार गरेको भन्दै उनिहरु ६ जनाका विरुद्ध उनले उजुरी दर्ता गराएकी हुन् ।
किशोरीमाथी बलात्कार भएको कुरा स्वास्थ्य परीक्षणका क्रममा पुष्टी भएको हो ।
भारतीय जी न्युजले सन् २०१३ मात्रै दिल्लीमा १६ सय बलात्कारका घटना भएको जनाएको छ ।
प्रकाशित मिति: 2014-08-26 04:19:10
प्रतिक्रिया: