एमाओवादीको आज पोलिटव्यूरो बैठक बस्दै
Admin / 2014-08-26 02:38:07
नेपाल ब्युरो– भदौ १०, काठमाडौ ।
पार्टीभित्रको बिवाद मिलाउन एकीकृत माओवादीको पोलिटब्युरो बैठक आज बस्दै छ ।
बैठक पार्टिभित्र चर्किएको बिवाद मिलाउन विशेष महाधिवेशनको मिति घोषणा गर्ने तयारीका साथ बस्न लागेको हो ।
नेता बाबुराम भट्टराई पक्षले विराटनगर राष्ट्रिय सम्मेलनबाट चयन भएको नेतृत्वप्रति असन्तुष्टि जनाउदै विशेष महाविधेशनको माग गरेपछि त्यसको मिति घोषणा हुन लागेको बताइएको छ ।
जिल्ला तहमा नेतृत्व बिवादका कारण भट्टराई पक्षले समानान्तर समिछि गठन गरेपछि कुरा मिलाउन विशेष महाविधिवेशनको मिति घाोषणा गर्ने तयारी भएको हो । अध्यक्ष पुष्पकमल दाहाल र नेता भट्टराईबीच बिवाद थप चर्किन नदिन विशेष महाधिवेशनको मिति घोषणा गर्ने समझदारी बन्न लागेको छ ।
संस्थापनले भट्टराई पक्षलाई समेट्न पदाधिकारी, स्थायी र पोलिटब्युरोको निर्वाचन गराए पनि अस्वीकार गरेका थिए । विशेष महाविधेशनको मिति भने माघपछि मात्र हुने छ । माघसम्म संविधान निर्माणमा केन्द्रीत हुने भन्दै एकीकृत माओवादीले त्यसपछि मात्र महाविधेशनको मिति घोषणा गर्ने जनाएको छ ।
दाहाल र भट्टराईबीच पटकपटक छलफल भएपछि विशेष महाविधशनको मिति घोषणा गर्ने मनस्थितिमा पुग्नुभएको हो ।
संस्थापनल पक्षले नेकपा–माओवादीलगायत अन्य साना दललाई एकताका लागि बाटो खुला राखी विशेष महाधिवेशन घोषणा गर्ने बताएको छ । विशेष महाविधेशनबारे औपचारिक निर्णय भने असोज पहिलो साता हुने केन्द्रीय परिषद्को बैठकले गर्नेछ ।
प्रकाशित मिति: 2014-08-26 02:38:07
प्रतिक्रिया: