म्यानसिटी र लिभरपूलबीच आज भिडन्त हुँदै
Admin / 2014-08-25 03:52:11
नेपाल ब्युरो– भदौ ९, एजेन्सी ।
इङ्गलिश प्रिमियर लिग फुटबल पतियोगितामा आज म्यानचेष्टर सिटी र लिभरपूलबीच प्रतिष्पर्धा हुँदैछ ।
आज राति हुने खेलमा म्यानचेष्टर सिटी र लिभरपुलबीच भिडन्त हुँदैछ । खेल राति पौने १ बजे म्यानचेष्टर सिटीको मैदानमा हुनेछ । उपाधि दावेदारहरु बीचको यो भिडन्तलाई निकै कौतुहलताका साथ लिइएको छ ।
यसअघि गएराति भएको आफ्नो दोस्रो खेलमा पनि म्यानचेष्टर युनाइटेड जितविहीन बनेको छ । पहिलो खेलमा स्वान्सी सिटीसंग पराजित हुँदै खराव सुरुवात गरेको म्यानयुले दोस्रो खेलमा जित हासिल गर्ने अपेक्षा गरिए पनि सण्डरल्याण्डसंग बराबरीमा चित्त बुझाएको छ । सन्डरल्याण्डको मैदानमा गएराति भएको खेल १–१ को बराबरीमा सकिएको हो । खेलको १७ मिनेटमै हुँवा माटाको गोलबाट म्यानयुले अग्रता लियो । तीसौं मिनेटमा ज्याक रड्वेलको गोलबाट सन्डरल्याण्डले बराबरी गरेको हो ।
यता, क्विन्स पार्क रेन्जर्सलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै टोटनह्याम हट्सपर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटनह्यामको ६ अंक नै भए पनि गोल अन्तरमा चेल्सीलाई पछाडि पार्दै शीर्ष स्थानमा उभिएको हो । गएरातिको अर्को खेलमा हल सिटी र स्टोक सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रकाशित मिति: 2014-08-25 03:52:11
प्रतिक्रिया: