काँग्रेस–एमालेबीच आजपनि छलफल जारी
Admin / 2014-08-25 02:52:31
नेपाल ब्युरो– भदौ ९, काठमाडौ ।
काँग्रेस एमालेबीचको छलफल आज पनि जारी रहेको छ ।
सरकार गठन भएको ६ महिना भइसकेकाले सरकारको काम कारवाहीको समिक्षा र अवको कार्ययोजनाका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुबाटारमा बोलाइएको बैठकमा २६ सभासद मनोनयन, राजदुत नियुक्ति लगायतका विषयमा पनि छलफल हुँदैछ ।
उता, संविधानसभा अन्तर्गतको संवैधानिक राजनितिक संवाद तथा सहमति समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा बसिरहेको बैठकमा आज पनि न्याय प्रणालीका विषयमा छलफल भइरहेको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । नेपालको भावि न्याय प्रणाली कस्तो बनाउने भन्ने विषयमा समितिका सदस्यहरुले छलफल गरेर निष्कर्ष निकाल्ने प्रयास स्वरुप बैठक बसकेको हो ।
प्रकाशित मिति: 2014-08-25 02:52:31
प्रतिक्रिया: