नेपाल ब्युरो–भदौ ८, एजेन्सी ।
इग्लिस प्रिमियर लिग फुटबलमा गएराथि भएको खेलमा चेल्सीको विजयी यात्रा कायमै रहेको छ ।
चेल्सीले लेस्टर सिटीलाई २ ० ले हराँदै आफ्नो विजयी यात्रा कायमै राखेको हो ।
आफ्नै घरेलु मैदानमा खेलेका खेलमा आफ्नो टिमलाई जिताउन डिएगो कोस्टा र एडिन हाजार्डले एक एक गोल गरे ।
जीतसंगै चेल्सी ६ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा कायमै छ । समान ६ अंकबाट स्वान्सी सिटी दोस्रो स्थानमा छ । गएराति घरेलु मैदानमा खेलेको स्वान्सीले बर्नलेलाई १ ० ले हरायो ।
गएरातिको खेलमा वेष्टह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३ १ ले हराउँदा तीन खेल बराबरीमा सकिएका छन । आर्सनलले एभर्टनसंग २ २ गोलको बराबरी खेल्दा एस्टन भिल्ला र न्यूकासल युनाइटेड तथा साउथ ह्याम्पटन र वेष्टब्रोमविच आल्बियनले समान गोलरहित बराबरी खेलेका छन ।
लिग अन्तर्गत आज तीन खेल हुँदैछन । साँझ सवा ६ बजे हल सिटीले आफ्नै मैदानमा स्टोक सिटीको तथा टोटनह्याम हट्सपरले आफ्नै मैदानमा क्विन्स पार्क रेन्जर्सको सामना गर्दैछ ।
राति पौने ९ बजे सन्डरल्याण्डले आफ्नै मैदानमा म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ ।