तीन दलबीच कुरा मिलेन
Admin / 2014-08-24 02:41:18
नेपाल ब्युरो– भदौ ८, काठमाडौ ।
नयाँ बन्ने सविंधानका विभिन्न विषयमा सहमति गर्न भन्दै बसेको तीन दलको बैठक निष्कर्ष विना टुंगीएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस एमाले र एकीकृत माओवादी बैठक विना निष्कर्ष टुंगिएको हो ।
दलहरुबीच कुराकारनी नमिलेपछि एकीकृत माओवादी नेताहरु बैठकबाट बाहिरिएका छन् । तीनै दलका शीर्ष नेताहरु सम्मिलित बैठकमा एकीकृत माओवादी नेताले तीन दलवीच भएको चारबुँदे सहमति कार्यान्वयन गर्न माग गरेका थिए । तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति नमान्ने काग्रेस र एमालेवीच सहमति भएको बताउनुभयो ।
कांग्रेस एमालेका नेताहरु संविधान निर्माणप्रति इमान्दार नदेखिएको भन्दै चार दलीय सहमति कार्यान्वयन नगरिएसम्म एकीकृत माओवादीले कांग्रेस र एमालेसँग कुनै पनि वार्ता नगर्ने एकीकृत माओवादीका एक नेताले जानकारी दिएका छन् । दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि तीन दलवीच भएको सहमतिमा सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, चुनावमा भएको धाँधलीबारे संसदीय छाविन समिति बनाउने र उच्चस्तरीय राजनीतिक समिति बनाउने लगायतका विषयमा सहमति गरेका थिए ।
यसैबीच एकीकृत माओवादी नेताहरु आफ्ना कुरा राखेर बाहिरिएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-08-24 02:41:18
प्रतिक्रिया: