मसालेदार खानपालले आयु बढ्छ
Admin / 2014-08-23 08:43:49
खानामा धेरै मरमसला हालेर खान कोहिलाई मन पर्न सक्छ त केहिलाई भने यसबाट टाढै बस्न मन लाग्छ । हामीले थाहा पाए अनुसार मानिसलाई स्वास्थ्य रहन धेरै मरमसला भएको खानिकुराबाट टाढै बस्नुपर्छ भनिन्छ ।
युनिभसिर्टी अफ क्यालिफोनिर्याका अनुसन्धानकर्ताहरुले गरेको एक अध्यनमा मसालेदार खानपानबाट मानिसको आयु बढ्ने दावि गरेको छ । यो अध्ययन ‘रिसर्च सेल’ जर्नलमा प्रकाशित छ ।
उक्त अध्यन अनुसार खुर्सानी वा अन्य मसलायुक्त खानपानले पेन किलरको काम गरिरहेको हुन्छ साथै यसले आयुमा पनि वृद्धि गर्छ ।
सो अध्यन मुसामा गरिएको थियो र मुसाको मष्तिस्कमा मसलायुक्त खानपानले कुनै पीडाको संकेत नभएपछि उनीहरुको जीवनकाल पनि बढ्यो ।
यो अध्ययन प्रतिवेदनमा भनिएको छ की यस्तो आहाराको सेवनले शरीरमा दुखाईको अनुभुति गराउने टीआरपीबी १ नामक प्रोटिनको उत्पादन हुन पाउँदैन । पीडाको अनुभूति नभएपछि जीवनकालसमेत १४ प्रतिशत बढ्छ । चखिलो खानपान गर्नेहरु अरु कुरा सामान्य रहे, बढी स्वस्थसमेत रहने गर्दछन् । उनीहरुको स्मरण शक्तितसमेत लामो समय कायम रहन्छ ।
सो अध्यननले गरेका दाविअनुसार दुखाईको संचार रोकिँदा पीडाको अनुभूति मात्र कम हुँदैन, जीवनकालसमेत प्रभावित हुन्छ ।
प्रकाशित मिति: 2014-08-23 08:43:49
प्रतिक्रिया: