कांग्रेस एमालेको बैठक आज पनि निश्कर्षविहिन
Admin / 2014-08-23 04:37:34
नेपाल ब्युरो– भदौ ७, काठमाडौ ।
नेपाली काँग्रेस र एमालेबीचको बैठक आज पनि विना निश्कर्ष टुंगिएको छ ।
राष्ट्रपति अनुमोदनका विषयमा देखिएको विवाद समाधान गर्न बसेको सत्तागठबन्धनका दुई दलको बैठक विश्कर्षविहिन टुंगिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमाा दुईदलबीच उत्पन्न खटपटका विषयमा छलफल भएको थियो । एमालेले सातबुँदे सहमति अक्षरसः पालना गर्न कांग्रेससँग पुनः आग्रह गरेको थियो भने कांग्रेसले त्यसलाई अस्वीकार गरेपछि थप छलफल गर्न साँझ ५ बजे पुनः बैठक बस्ने गरी बैठक सकिएको हो ।
बैठकमा सात बुँदे सहमति अक्षरस पालना नभएसम्म अन्य कुनै पनि विषयमा छलफल गर्न नसकिने एमालेले अडान राखेपछि बैठक टुंगिएको थियो ।
बैठकले सातबुँदे सहमति अनुरुप राष्ट्रपति अनुमोदन र संविधानसभामा मनोनयन गर्न बाँकी २६ सभासदको बारेमा टुंगो लगाउने नेताहरुले दावी गरेका थिए ।
बैठकमा सरकारका काम कारवाही, संविधान लेखनका प्रगतिलगायत विषयमा पनि छलफल भएको थियो । साँझ बस्ने बैठकले सवै विषयमा सहमति जुटाउने नेताहरुले दावी गरेका छन् ।
प्रकाशित मिति: 2014-08-23 04:37:34
प्रतिक्रिया: