सत्रौं एसियाली खेलकुद एसियाडको खेल तालिका सार्वजनिक
Admin / 2014-08-23 04:21:59
नेपाल ब्युरो– भदौ ७।
दक्षिण कोरियाको इन्चोनमा हुँदै गरेको सत्रौं एसियाली खेलकुद एसियाडको खेल तालिका सार्वजनिक भएको छ ।
उक्त खेलमा नेपाली फुटबल टीम कठीन समूहमा परेको छ ।
१६ वर्षपछि पहिलो पटक एसियाली खेलकुदमा फर्किएको नेपाली टिमले समूह चरणमै जापान, कुवेत र ईराकको सामना गर्नुपर्नेछ । साविक विजेता जापान एसियन कप च्याम्पियन पनि हो भने ईराकले एक स्वर्ण तथा एक पदक जितेको छ । त्यसैगरी कुवेतले दुई पटक एसियाडमा रजत जितेको छ ।
पछिल्लो पटक सन् १९९८ मा एसियाड खेलेको नेपालले यसपटक राम्रो प्रदर्शन गर्ने विश्वास प्रशिक्षक ज्याक स्टेफानो वस्कीको छ । कठीन समूहमा परे पनि नेपाललाई अनुभव बटुल्ने राम्रो अवसर मिलेको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाको तर्क छ ।
दुई महिनादेखि बन्द प्रशिक्षणरत नेपाली टिम तुलनात्मक रुपमा केही सन्तुलित देखिएको छ । एसियाडमा २३ वर्ष मुनीका खेलाडीले सहभागीता जनाउँछन् । प्रत्येक टिमले तीन सिनियर खेलाडी खेलाउन पाउने प्रावधान छ ।
प्रकाशित मिति: 2014-08-23 04:21:59
प्रतिक्रिया: