रुसी सवारी साधन जबर्जस्ती युक्रेन प्रवेश
Admin / 2014-08-23 03:59:20
नेपाल ब्युरो– भदौ ७, एजेन्सी ।
युक्रेन सरकारको अनुमतिबीना रुसले पठाएको मानवीय सहयता बोकेका सवारी साधन जबरजस्ती युक्रेन प्रवेश गरेका छन् ।
सो साधन पूर्वी युक्रेनको द्वन्द्वग्रस्त जनताको लागि भन्दै रुसले पठाएको हो ।
रुसी मानवीय सहायता बोकेका ७० ओटाभन्दा बढी सवारी साधान भौतिक रुपले युक्रेन प्रवेश गरिसकेको विविसिले जनाएको छ । रुसले पूर्वी युक्रनको द्वन्द्वप्रभावित जनातको लागि सहायतास्वरुप झन्डै ३ सयओटा ट्रकमा पठाएको राहत सामग्री विगत एक हप्तादेखि सीमामा रोकिएका थिए । युक्रेनले कुनै कारण विना मानवीय सहायता लिन अस्वीकार गरेको भन्दै रुसले जबरजस्ती ती सवारी साधन यक्रेन प्रवेश गराएको हो ।
उता, रुसले भने युक्रेनलाई आफ्ना सवारी साधनमाथि कुनै कारबाही नगर्न चेतावनी दिंदै मानवीय सहायतामाथि कारबाही गरे परिणाम भयावह हुने चेतावनी दिएको छ ।
यसैबीच जबरजस्ती मानवीय सहायता प्रवेश गराएको प्रति पश्चिमा शक्ति राष्ट्रहरुले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।
अमेरिकाले सो कार्यलाई चुलिएको खतरनाक परिस्थिति भनेको छ ।
नेटोले रुसलाई ठूल्ठूला हातहतियार सीमा पार गराएको र युक्रेनबाटै युक्रेनी फौजहरुमाथि तोप आक्रमण गरिएको आरोप लगाएको छ ।
बेलायतका राजदुत मार्क लीयल ग्र्यान्टले मस्कोको उत्तेजित पार्ने किसिमको र एकतर्फी कारवाहीबाट बेलायत गंभीर भएको बताएका छन् । यता संयुक्त राष्ट्र संघमा सुरक्षा परिषदको आपतकालीन बैठक डाकिएको छ ।
प्रकाशित मिति: 2014-08-23 03:59:20
प्रतिक्रिया: