जलविद्युत आयोजनामा लगानी गर्ने वाणिज्य बैंकहरुलाई थोक ऋण उपलब्ध गराउने
Admin / 2014-08-23 03:32:20
नेपाल ब्युरो– भदौ ७, काठमाडौ ।
जलविद्युत आयोजनाहरुमा लगानी गर्ने वाणिज्य बैंकहरुलाई थोक ऋण तथा पुनकर्जा उपलब्ध गराउने भएको छ ।
जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले जलविद्युत आयोजनाहरुमा लगानी गर्ने वाणिज्य बैंकहरुलाइ थोक ऋण तथा पुनकर्जा उपलब्ध गराउने भएको हो ।
कम्पनीले १० देखि १५ मेगावाट क्षमताका जलविद्युत आयोजनाहरुका लािग रकम उपलव्ध गराउने छ ।
कम्पनीले हिजो राजधानीमा गरेको पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत विकास रौनियारले पुनकर्जाको अवधि तीनदेखि पाँच वर्षसम्मको रहने बताउनुभयो ।
कम्पनीले निर्धारण गरेको योग्यता पुगेका वाणिज्य बैंकहरुलाई मात्रै यो सुविधा मिल्ने छ । कम्पनीबाट लिइएको ऋण रकमबाट बैंकहरुले एउटा आयोजनाका लागि ४० करोड ऋण पाउने छन् भने एकभन्दा बढी आयोजनाहरुको समूहमा बढीमा १ अर्बसम्म लगानी गर्न सक्ने बताइएको छ ।
प्रकाशित मिति: 2014-08-23 03:32:20
प्रतिक्रिया: