एकमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाको विचार गोष्ठि राजधानिमा
Admin / 2014-08-23 02:48:32
नेपाल ब्युरो– भदौ ७, काठमाडौ ।
संविधानका विवादित विषयमा आफ्नो धारणा तय गर्न एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले राजधानिमा विचार गोष्ठीको आयोजना गरेको छ ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठान शूरु भएको ‘संविधान निर्माणका लागि बिचार गोष्ठी’ कार्यक्रममा संघीयता, राज्यपूर्नसंरचना, शासकीय स्वरुप लगायत संविधानका विवादित विषयमा आफ्नो धारणा तय गर्न लागिएको सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, दुई उपाध्यक्ष सहित नेता डा.बाबुराम भट्टराई सहभागी भएको कर्णले जानकारी दिनुभयो ।
कार्यक्रममा मोर्चामा आबद्ध पाँच मधेश केन्द्रीत राजनीतिक पार्टी र संघीय समाजवादी पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रकाशित मिति: 2014-08-23 02:48:32
प्रतिक्रिया: