सुन्तलाको गेडाले लागेर गयो ज्यान
Admin / 2014-08-22 08:46:06
नेपाल ब्युरो– भदौ ६, एजेन्सी ।
सुन्तलाको गेडाले लागेर एक किसानको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाको उत्तरी लिम्पोपो प्रान्तस्थित जानिनमा गत बुधबार भएको सो घटनामा ३८ वर्षिय बबान्टो चाउकेको मृत्यु भएको हो ।
किसानको मृत्यु दुई जना गाउँलेले पटक पटक सुन्तलाका गेडाले हिर्काउँदा सुन्तलाको गेडाले लागेर मृत्यु भएको थियो ।
दुई जना पुरुषले सामान्य विषयमा बारीमा भएको झगडाका क्रममा सुन्तला प्रहार गरेका थिए ।
चाउकेलाई पटक पटक सुन्तलाको गेडाले शरीरका विभिन्न ठाउँमा एकदमै जोडले हानेपछि उनको ज्यान गएको बताइएको छ ।
बेलायती अनलाइन मिररले चाउकेको शवलाई पोष्टमार्टम गरी मृत्युको कारण प्रामाणिक रुपमा पत्ता लगाइने जनाएको छ ।
चाउकेको हत्या गरेको आरोपमा २७ र ३० वर्षिय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: 2014-08-22 08:46:06
प्रतिक्रिया: