वीरगञ्जको नेशनल मेडिकल कलेज तनावग्रस्त
Admin / 2014-08-22 06:48:13
नेपाल ब्युरो– भदौ छ, काठमाडौ ।
वीरगञ्को नेश्नल मेडिकल कलेज आमा र शिशुको ज्यान गएपछि तनावग्रस्त भएको छ ।
प्रसुति गराउने क्रममा दुवैको ज्यान गएपछि अस्पताल तनावग्रस्त भएको हो ।
मेडिकल कलेजमा प्रसुती गराउने क्रममा आमा र शिशु दुबैको आज विहान ज्यान गएपछि मृतकका आफन्तले अस्पताल कलेज परिसरमा तोडफोड गरेका थिए ।
तोडफोडमा उत्रेका मृतकका आफन्तलाई कलेजका गार्ड कुटपिट गरेपछि घटनाले उग्ररुप लिएको हो ।
गार्डले आफूहरुलाई कुटपिट तथा दुव्र्यबहार गरेको भन्दै मृतकका आफन्त पनि प्रतिकारमा उत्रेपछि अस्पतालमा प्रहरी पठाएर स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले अस्पताल परिसरलाई नियन्त्रणमा लिएपछि अवस्था शान्त भएको छ । प्रहरीको अनुसार अहिले दुबैपक्ष वार्तामा बसेर घटनाबारे छलफल गरिरहेका छन् ।
प्रकाशित मिति: 2014-08-22 06:48:13
प्रतिक्रिया: