कक्षा १२ को बिज्ञान संकायको परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने
Admin / 2014-08-22 03:56:49
नेपाल ब्युरो– भदौ ६, काठमाडौ ।
उच्च माध्यमिक शिक्षा परिषदले वैशाख १९ देखि ३० गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने भएको छ ।
कक्षा १२ को बिज्ञान संकायको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्याले जानकारी दिनुभयो ।
अहिले उत्तरपुस्तिकाको परीक्षण सकेर सम्परीक्षण, कोडिङ, डिकोडिङ गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाँले अन्य संकायको नतिजा भने भदौ अन्तिम हप्तासम्म सार्वजनिक गर्ने बताउनुभयो ।
जेठमा २५ दिन उच्चमाध्यमिक शिक्षक संघ हिस्टानको तालाबन्दीले उत्तरपुस्तिका परीक्षण गर्न नपाएका कारण नतिजा सार्वजनिकमा ढिलाई भएको हो । परीक्षामा देशभरबाट कुल ३ लाख ८१ हजार ३ सय २२ जना परीक्षार्थी सहभागी भएका थिए ।
प्रकाशित मिति: 2014-08-22 03:56:49
प्रतिक्रिया: