हक्कानीका शीर्ष ५ नेताको जानकारी दिनेलाई ३ करोड डलर पुरस्कार दिने
Admin / 2014-08-21 08:59:42
नेपाल ब्युरो–भदौ ५, एजेन्सी ।
आतंकवादी समूह हक्कानीका शीर्ष ५ नेताको जानकारी दिनेलाइ अमेरिकाले झण्डै ३ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।
उक्त आतंकवादी समूहमाथि अफगानिस्तानमा अनेकौं मानिस र नेटो सेनामाथि हमला गरेको आरोप लगाइएको छ ।
अमेरिकी विदेश विभागले पाकिस्तानमा आधारित हक्कानी नेटवर्क तालिवानसँग जोडिएको छ । अमेरिका र संयुक्त राष्ट्र संघले सन २०१२ मा यस समूहलाई आतंकवादी घोषणा गरेका थिए ।
अजीज हक्कानी, खलील अल रहमान, याहना हक्कानी र अब्दुल रउफ जाकिरका बारेमा जानकारी दिनेलाई पचास पचास लाख लडर पुरस्कार दिने घोषणा गरिएको बताइएको छ ।
समूहका नेता सिराजुद्धिन हक्कानीको बारेमा सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिइने अमेरिकाले बताएको छ ।
प्रकाशित मिति: 2014-08-21 08:59:42
प्रतिक्रिया: