बाढीबाट प्रभावितहरुको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्छ : ज्ञवाली
Admin / 2014-08-21 08:49:10
नेपाल ब्युरो– भदौ ५, काठमाडौ ।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बाढीबाट प्रभावित भएका सबैको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ ।
उहाँले देशभरि बाढी पहिरोबाट विपदमा परेका नागरिकहरुको सहज जीवनयापनको जिम्मा सरकारले लिनुपर्ने बताउँनुभएको छ ।
आज दाङको घोराहीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ज्ञवालीले राज्यप्रति पीडितहरुले राखेको आशा मार्नु नहुनेमा जोड दिनुभयो ।
उहाँले सरकार बाढी पीडितहरुको समस्या समाधानका लागि लागिपरेको भन्दै सबै समस्या हल हुने समेत आश्वासन दिनुभयो । एक फरक प्रसंगमा उपाध्यक्ष ज्ञवालीले संविधान जारी नहुँदासम्म एमालेले सरकारको विकल्प नखोज्ने समेत बताउनुभयो । अहिलेको मुख्य कार्यभार संविधान निर्माण भएकाले सरकार फेरबदलको चक्करमा लाग्न नहुने ज्ञवालीको भनाइ छ ।
प्रकाशित मिति: 2014-08-21 08:49:10
प्रतिक्रिया: