शहरी क्षेत्रमा चल्ने ट्याक्सीको नयाँ मापदण्ड बनाउनुपर्छ : महत
Admin / 2014-08-21 08:35:24
नेपाल ब्युरो–भदौ ५, काठमाडौ ।
अर्थमन्त्री डा. रामशरण महतले शहरी क्षेत्रमा ट्याक्सीको नयाँ मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रमा चल्ने ट्याक्सीको नयाँ मापदण्ड बनाउनुपर्ने बताउँनुभएको हो ।
विदेशी पर्यटकले खोजेको सेवा, सुविधा ट्याक्सीले दिन नसकेकाले त्यस्तो खालको सुविधा थप गर्ने व्यवस्था सहित मापदण्ड तयार हुनुपर्ने उहाँको भनाई छ ।
नेपाल अटोमोवाइल डिलर्स एशोसिएशनको साधारणसभामा उहाँले यात्रुले खोज्ने सुविधा बढ्दै गएकाले गाडीवालाहरुले पनि यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
काठमाडौ उपत्यकाको सडक चौडा र फराकिलो भैसकेकाले अब साना खालका सार्वजनिक गाडी विस्थापित गर्दै ठूला बस सञ्चालनलाई प्राथमिकता दिने सरकारको नीति रहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-08-21 08:35:24
प्रतिक्रिया: