जेम्स फोलीको हत्या विश्वको विवेकमाथिको आक्रमण हो : ओवामा
Admin / 2014-08-21 03:34:14
नेपाल ब्युरो– भदौ ५, एजेन्सी ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या विश्वको विवेकमाथिको आक्रमण भएको बताउनुभएको छ ।
राष्ट्रपति ओबामाले पत्रकार फोलीको विभत्स ढंगले हत्या गरिनु विश्वको विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना भएको बताएका छन ।
उनले फोलीको हत्याको भिडियो बनाउने इस्लामीक स्टेट समूहलाई क्यान्सरसँग तुलना गर्दै उसले भ्रष्ट सिद्धान्त अँगालेको बताएको विविसिले जनाएको छ ।
विध्वंस भन्दा निर्माणमा जोड दिने जेम्स फोलीहरु जस्ताकै जीत भविष्यमा हुने धारणा राख्दै ओवामाले २१ औँ शताब्दीमा इस्लामिक स्टेट विद्रोहीहरुलाई कुनै ठाउँ नरहेको बताएका छन् ।
अमेरिकी जनताको सुरक्षामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता जनाउँदै राष्ट्रपति ओबामाले जहाँ सुकै कुनै अमेरिकीलाई हानी पुर्याइएमा न्याय दिलाउन आवश्यक सबै काम गर्ने उल्लेख गरेका छन् ।
यसैबिच अमेरिकी विशेष फौजले पत्रकार फोली सहित सिरियामा बन्धक बनाइएका अन्य अमेरिकी नागरीकहरुको रिहाईको लागी प्रयास गरेको पेन्टागनले खुलासा गरेको छ । इस्लामीक स्टेट संगठनले अमेरिकीलाई सन्देश शिर्षक दिएर जेम्स फोली भनेर परिचय दिएर तयार पारेको एउटा भिडीयो हिजो सार्वजनिक गरेको थियो ।
प्रकाशित मिति: 2014-08-21 03:34:14
प्रतिक्रिया: