जापानिज इन्सेफलाइटिस बाट दुई जनाको मृत्यु
Admin / 2014-08-20 08:48:20
नेपाल ब्युरो– भदौ ४, काठमाडौ ।
जापानिज इन्सेफलाइटिस बाट आज दुई जनाको मृत्यु भएको छ ।
मोरङको लेटाङ र पथरीमा थप दुइ जनाको मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय मोरङका अनुसार नोवेल मेडिकल कलेजमा उपचारर्थ दिलमान लिम्बु र सिना मगरको आज मृत्यु भएको हो ।
सो रोगबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
साताअघी यही प्रकोपका कारण लेटाङ १ का ११ वर्षिय पावेल विक, ३ कि ७५ वर्षिय बेदकुमारी अधिकारी, पथरी १ का २२ वर्षिय हाङफारा लिम्बु र ९ का गणेश मगरको मृत्यु भएको थियो ।
अहिले पनि नोवेल मेडिकल कलेजमा सो रोगबाट पिडित १८ जनाको उपचार भइरहेको छ । कलेजका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार ति मध्ये ५ जनाको स्थिती चिन्ताजनक छ । उहाँका अनुसार पिडित सवैको सघन उपचारकक्षामा उपचार भइरहेको छ ।
लेटाङको वडा नं १ को कमलपुर, २ को गंगा चोक, ३ को सुकेचौर, ६ को गंगा चोक र ९ को लामाटार र पथरी १ को विशाल चौक र ९ को कालापानीमा तिनसाता देखि यो प्रकोप देखा परेको हो ।
प्रकाशित मिति: 2014-08-20 08:48:20
प्रतिक्रिया: