काठमाडौ, भाद्र ४ - एसीसी यू-१६ प्रिमियरलिगमा आज बुधबार भएको अन्तिम खेलमा नेपालले मलेशियालाई ३२ रन हराउँदै एतिहासिक उपाधी उचालेको छ । यसअघि भएका खेलहरुमा नेपाल उपविजेता बन्दै आएको थियो । उमेर समूहकाे यो जित नेपालको पहिलो बिजेता टोली हो ।
टस जितेर पहिलो ब्याटिङ थालेको नेपालले मलेशियाको किन्रारा मैदानमा घरेलु टीमलाई निर्धारित ४० ओभरमा ९ विकेटको क्षतीमा १६१ रनको चुनौती दिएको थियो । नेपालको लक्ष्य पछ्याउँदै मलेशियाले ३६ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन जो जोड्यो ।
घरेलु टीमलाई नेपालले पराजित गर्दै यू-१६ क्रिकेट उमेर समूहमा यो पहिलो पटक विजय प्राप्त गरेको हो । यसअघिका खेलहरुमा उक्त उमेर समूहले उपविजेतामै चित्त बुझाउनु परेको थियो । छोटो समयको तयारीमा पनि नेपाली टोलीले मलेशियामा जारी खेलमा उत्साहजनक प्रर्दशन गर्दै आएको थियो ।