इजरायलले सुरु गर्यो हवाइ आक्रमण
Admin / 2014-08-20 03:32:01
नेपाल ब्युरो– भदौ ४, एजेन्सी ।
युद्धविरामको समय नसकिँदै इजरायलले गाजामा हवाई आक्रमण गरेको छ ।
हमासले रकेट आक्रमण गरेकाले त्यसको जवाफमा हवाई आक्रमण गरिएको तर्क इजरायलले गरेको छ । २४ घण्टे युद्ध विरामको अवधि सकिनु पूर्व नै इजरायलले गरेको आक्रमणमा आफ्ना सेनाको श्रीमती र बच्चा मारिएको हमासले जनाएको छ ।
हिजो हमासले ५० वटा रकेट प्रहार गरेको आरोप इजरायलले लगाएपनि हमासले भने अस्वीकार गरेको छ । इजिप्टको मध्यस्थतामा कायरोमा जारी इजरायल र प्यालेष्टायनी अधिकारीबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ भने इजरायली प्रतिनिधिले आफूहरु घर फर्कने जनाउ दिएका छन् ।
यसअघि पाँच दिने युद्ध विरामको अवधि अरु एक दिन थपिएको थियो । इजिप्टको मध्यस्थतामा इजरायल र प्यालेष्टाईनी अधिकारी अरु एक दिन युद्ध रोक्न सहमत भएका थिए । युद्ध रोकेर स्थायी शान्ति बहालीका लागि पनि प्रयास भइरहेको छ ।
प्रकाशित मिति: 2014-08-20 03:32:01
प्रतिक्रिया: