‘वान साइड लभ’असोजमा प्रदर्शन हुने
Admin / 2014-08-20 02:37:01
नेपाल ब्युरो– भदौ ४, काठमाडौ ।
निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेको चलचित्र ‘वान साइड लभ’असोजको पहिलो हप्ता प्रदर्शन हुने भएको छ ।
उक्त चलचित्रमा सविना कार्की , विनिता घिमिरे , राजकुमार सोनाम, कपिल खत्री ,सुसिल पोखरेल लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
]
‘वान साइड लभ’ वारवल प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र हो ।
निर्देशक पाण्डेको यो पहिलो चलचित्र पनि हो । पाण्डेका अनुसार चलचित्र एक पारिवारिक प्रेमकथामा आधारित भएको र सामाजिक परिवेशलाई केन्द्रमा राखेर बनाएको चलचित्र हो।
प्रकाशित मिति: 2014-08-20 02:37:01
प्रतिक्रिया: