४ भदौ, काठमाडौं ।
एसीसी अण्डर १६ प्रिमियर क्रिकेटको उपाधिका
लागि नेपालले मलेसियालाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु टोली मलेसियाले
केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । किनरारा ओभल मैदानमा टस हारेर पहिले व्याटिङ गरेको
नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाउन सक्यो ।
नेपालको लागि पवन शरफले सर्बाधिक ४४ रन
बटुलेका छन। उनले २६ बलको सामना गरेर २ छक्का र ४ चौका प्रहार गरेका थिए।भने रबि
चन्दले ३४ रनको योगदान दिएका थिए।
नेपाल आज २ वर्ष व्यहोरेको हारको बदाला
दिँदै अण्डर १६ मा पहिलो उपाधि जित्ने दाउमा छ । उमेर समूहमा अण्डर १६ मा मात्र उपाधि
जित्न सकेको छैन ।२००९ यता भने नेपालले उमेर समूहमा कुनै उपाधि जितेको छैन ।राउण्ड
रोविनका आधारमा खेलाइने प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेलले विजेता टुङ्गो लाग्नेछ।नेपालका
लागि बराबरी भए पुग्छ भने मलेसियालाई जित्नै पर्ने दबाव छ। चार बटै खेल जितेको नेपालको
८ अंक छ भने बहराइनसँगको खेल बर्षाका कारण रुद्ध भएपछि मलेसियाको ७ अंक छ।बर्षाको
कारण खेल रोकिदा बाहेक क्रिकेटमा बराबरीको नतिजा अत्यन्तै थोरै अवसरमा मात्र आउने
गर्दछ।