प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गर्यो
Admin / 2014-08-19 04:03:29
नेपाल ब्युरो– भदौ ३, एजेन्सी ।
इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ ।
डिएगो कोष्टाको डेब्यू गोलसँगै चेल्सीले विजयी सुरुवात गरेको हो ।
उपाधिको दाबेदार मानिएको चेल्सीले हिजो राति भएको खेलमा नवप्रवेशी बर्नलीलाई ३ १ गोलअन्तरले पराजित गरेको हो ।
टर्फ मोरमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । १४ औं मिनेटमा स्कट आफिल्डको गोलबाट लिएको अग्रता धेरै बेर टिक्न सकेन ।
१७ औं मिनेटमा कोष्टाल्ऽे बराबरी गोल फर्काएका थिए । २१ औं मिनेटमा सेस फेब्रिगासको पासमा आन्द्रे शुर्लेले गोल गर्दा चेल्सीले २ १ को अग्रता लियो ।
३४ औं मिनेटमा इभानोभिचले गोल गरेपछि पहिलो हाफमा चेल्सी ३ १ को अग्रता लिन सफल भयो । तर, दोस्रो हाफमा भने चेल्सी गोल थप्न असफल भयो । सब्टिच्यूट डिडए ड्रोग्बाको चेष्टा गोलमा परिणत हुन सकेन ।
प्रकाशित मिति: 2014-08-19 04:03:29
प्रतिक्रिया: