एन्फाले ए डिभिजन नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने
Admin / 2014-08-19 03:47:25
नेपाल ब्युरो– भदौ ३, काठमाडौ ।
ए डिभिजन नक आउट फुटबल प्रतियोगिता भदौ १५ गतेदेख २५ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले सो फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
एन्फा पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिबिच भएको छलफलले ए डिभिजन नक आउट फुटबल प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो ।
बैठकमा यो प्रतियोगितामा सहभागी हुने टिमहरुलाई गत वर्ष सम्पन्न गोर्खा कप फुटबल प्रतियोगितामा उपलब्ध गराईएको सरह नै सुविधा एन्फाले दिने सहमति भएको छ । यो प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहने छ ।
यस्तै यसै वर्षदेखि होम एण्ड अवे पद्दतीमा आयोजना गरिने राष्ट्रिय लिग कात्तिक २१ गतेदेखि संचालन गर्ने निर्णय पनि बैठकल्ऽे गरेको छ । राष्ट्रिय लिग फुटबल प्रतियोगिताको लागि आगामी असोज १ गते देखि खेलाडी दर्ता प्रक्रिया खुल्ला गरिने एन्फाले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-19 03:47:25
प्रतिक्रिया: