हत्या अभियोगमा फेरी अर्को नेपाली जापानमा पक्राउ
Admin / 2014-05-14 23:25:43
जापान ब्युरो-१ जेठ,टोक्यो ।
एक जापानीको हत्या अभियोगमा फेरी अर्को एक नेपाली जापानमा पक्राउ परेका छन् ।
कानागावा केनको कावासाकी सडक क्षेत्रमा गत महिना कार दुर्घटनामा एक जापानीजको निधन पछि फरार रहेको आशंकामा अनुसन्धानका लागि जापानी प्रहरीले बिजय गुरुङलाई पक्राउ गरेको उनका मित्र जोहन छन्त्यालले बताएका छन ।
हाल दुर्घटनामा गुरुङको संलग्नता रहे-नरहेको बारे प्रहरीले छनबिन गरिरहेको छ । बिगतमा यस्तै अभियोगमा निर्दोष गोबिन्द मैनालीले जीवनको १५ वर्ष जेलमा बिताउनु परेको घटना संगै गुरुङ पनि कतै फेरी गोबिन्द मैनाली पो बन्ने हुन् कि भनेर आशंका जन्माएको छ । त्यसैले यसबारेमा चासो दिन नेपाली दुतावासलाई ध्यानाकर्षण गराईएको छ ।
एक नेपाली युवकले जापानी महिलालाई मृत्युको मुखबाट बचाएर वाह वाh र स्याबासी कमाएको २ दिन नबित्दै अर्को नेपाली पक्राउ परेका हुन् ।
प्रकाशित मिति: 2014-05-14 23:25:43
प्रतिक्रिया: