ठुली आउने भयो, संम्बोधन सर्यो
Admin / 2014-08-19 02:29:02
नेपाल ब्युरो– भदौ ३ , काठमाडौं ।
यहि आाउने शुक्रबारबाट प्रदर्शन हुने भनेको चलचित्र ‘सम्बोधन’ को मिती सरेको छ ।
अहिले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित तथा निर्मित चलचित्र कोहिनुरले एकदमै आक्रमक व्यापार गरिरहेको हुनाले अरु चलचित्रहरुको प्रदर्शन मिती पनि सरेको छ ।
नम्रता श्रेष्ठ, दयाहाङ राई लगायतका मुख्य भूमिका रहेका चलचित्र संम्बोधनको मिति पनि सरेको छ । उक्त चलचित्रको निर्देशन हेमराज बिसीले गरेका छन् ।
यस्तै अर्को चलचित्र ‘ठूली’ भने ६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
‘ठूली’ चलचित्र एभरेष्ट सूर्य बोहोराले निर्देशन गरेका हुन् भने नायिका गरिमा पन्त, रिजु श्रेष्ठ लगायतकाले मुख्य भूमिका यस चलचित्रमा खेलेका छन् ।
।
प्रकाशित मिति: 2014-08-19 02:29:02
प्रतिक्रिया: