संसद बैठक एक साताका लागी स्थगित
Admin / 2014-08-18 08:44:58
नेपाल ब्युरो–भदौ २, काठमाडौ ।
देशमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति सरकार गम्भिर नभएको भन्दै प्रतिपक्षी दलहरुले एक साताका लागी आजको संसद बैठक स्थगीत गराएका छन् ।
सरकारको आलोचना गर्दै प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादीसहितका दलहरुले राष्ट्रिय विपतको घोषणा गर्न माग गर्दै संसद बैठक अवरुद्ध पारेका हुन्।
बाढी र डुबान प्रभावित क्षेत्रमा नागरिकसँग साक्षात्कार गर्नका लागि सभासदहरुलाई जिल्ला जान दिनुपर्नेभन्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले गरेको माग अनुसार यही भदौ ९ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।
आजको संसद बैठकको सुरुमा बोल्दै प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशभरमा बाढी, पहिरो र डुबानका कारण संयौं नागरिकको मृत्यु भएको, बेपत्ता भएका नागरिकको बारेमा कुनै खबर नभएको र राहत तथा क्षतिपूतिृ दिन सरकार असफल भएकोभन्दै राष्ट्रिय बिपद्को घोषणा गर्न माग गर्नु भएको थियो ।
सभामुख सुवास नेम्बाङले समय दिएपछि एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले राष्टिय विपत घोषणा गरी सभासदहरुलाई जनतामाझ जान दिन माग गर्नुभयो । त्यस्तै सद्भावनाका लक्ष्मणलाल कर्णले राष्ट्रिय विपतको घोषणा नभएसम्म सदन चल्न नदिने बताउनुभयो ।
राष्ट्रिय बिपद् घोषणा गर्नुपर्ने आफूहरुको माग पूरा नभएसम्म संसद बैठक चल्न नदिनेभन्दै एकीकृत माओवादी लगायत प्रतिपक्षी दलका सभासदहरुले आआफ्नो स्थानबाट उठेर बिरोध जनाएका थिए । लगत्तै सभामुख सुबास नेम्वाङले बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको थियो ।
प्रकाशित मिति: 2014-08-18 08:44:58
प्रतिक्रिया: