इस्लामिक विद्रोहि र सरकारी सेनाबीच संघर्ष जारी
Admin / 2014-08-18 03:18:55
नेपाल ब्युरो– भदौ २, एजेन्सी
ईराकमा इस्लामिक विद्रोहि र सरकारी सेनाबीच संघर्ष जारी छ ।
इस्लामिक विद्रोहीले कब्जामा लिएको मोसूल बाँध सरकारी सुरक्षाबलले आफ्नो नियन्त्रणमा ल्याएको दावी अधिकारीहरुले गरेका छन् ।
इराककै सबैभन्दा ठूलो सो बाँध गत साउन २२ गतेदेखि इस्लामिक विद्रोहीको कब्जामा थियो । अमेरिकी हवाई आक्रमणको मद्दतमा कुर्द सैनिकले मोसूल बाँधमा ठूलो आक्रमण गरेका थिए ।
त्यस क्रममा अमेरिकी लडाकू विमान र ड्रोनले विद्रोहीको केन्द्रहरुमा १४ वटा हवाई हमला गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणबाट आईएसले प्रयोग गर्ने दर्जनौं गाडीहरु ध्वस्त भएका छन् ।
उत्तरी इराक र सिरियाको केही भाग मिलाएर सुन्नी समर्थित इस्लामिक अतिवादीहरुले इस्लामिक राज्यको घोषणा गरेका छन् । उनीहरुको आततायी हर्कतका कारण उत्तरी इराकमा थुप्रै अल्पसंख्यक आदिवासीहरु मारिएका छन् भने लाखौं पलायन भएका छन् ।
प्रकाशित मिति: 2014-08-18 03:18:55
प्रतिक्रिया: