खाल्डोमा जमेको पानिमा डुबेर एक महिलाको मृत्यु
Admin / 2014-08-18 02:13:49
नेपाल ब्युरो– भदौ २, चितवन ।
खाल्डोमा जमेको पानिमा डुबेर एक महिलाको ज्यान गएको छ ।
चितवनको चित्रवन नगरपालिकामा बाढीले सडक कटान गरी बनाएको खाल्डोमा परी चित्रवन नगरपालिका–९ बस्ने ३६ वर्र्षीय लक्ष्मीचन्द्रा ठकुरीको ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
स्थानीयवासी रामचन्द्रा रेग्मीले दिएको जानकारीअनुसार हिजो साँझतिर ठकुरी घाँसको भारी लिएर आउँदै गर्दा खाल्डोमा चिप्लिएर खसेकी थिइन् ।
घाँसको भारी जमेको पानीको खाल्डोमा तैरिरएको देखेपछि खोजी गर्दा ठकुरीको शव भेटिएको त्यहाँको स्थानीयवासीले बताएका छन् । बाढीले सडक कटान गरेको ठाउँमा करिब १२ फिट गहिरो खाल्डो बनेको प्रहरीले जनाएको छ ।
अहिले उनको शवको परीक्षण गर्नको लागि भरतपुर अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: 2014-08-18 02:13:49
प्रतिक्रिया: