इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा स्वान्सी विजयी
Admin / 2014-08-17 02:50:44
नेपाल ब्युरो–भदौ १, एजेन्सी ।
सर्वादिक चर्चित इंग्लिस प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा स्वान्सी विजयी भएको छ ।
म्यानचेष्टर युनाइटेडले हार व्यहारेको छ । यो प्रिमियर लिगको सिजनको पहिलो खेल समेत हो ।
लुइस भानगालको नेतृत्वमा रहेको युनाइटेड हिजो साँझ भएको खेलमा स्वान्सीसँग २ १ गोल अन्तरले पराजित भएको हो । हिजै भएको अन्य खेलमा लिष्टर र एभर्टनवीचको खेल २ २ को बराबरीमा टुंगियो भने, क्विन्स पार्क रेन्जर्स र हल सिटीको खेलमा हल सिटीले २ १ को अग्रता लिएको छ ।
एस्टन भिल्लाले स्टोक लाई १ ० ले हरायो,सण्डरल्याण्ड र वेष्ट ब्रोमको बराबरी भएको छ, त्यस्तै टोटनह्यामले वेष्ट ह्यामलाई १ ० ले पाखा लगायो, उता, आर्सनलले क्रिष्टल प्यालेसलाई २ १ ले हराएको छ ।
प्रिमियर लिग अन्तर्गत आज हुने खेलमा लिभरपूल र साउथह्याम्पटन एवम् न्यूक्यासल युनाइटेड र म्यान्चेष्टर सिटी भिड्नेभएका छन् ।
प्रकाशित मिति: 2014-08-17 02:50:44
प्रतिक्रिया: