बोकोहरामको अपहरणमा परेका ८५ नाइजेरियनको उद्धार
Admin / 2014-08-17 02:41:40
नेपाल ब्युरो–भदौ १, एजेन्सी ।
चाड सेनाले बोकोहरामको अपहरणमा परेका ८५ जना नाइजेरियन सर्वसाधारणलाई उद्धार गरेका छन् ।
यसै साता अपहरित ती गाउलेहरुलाई आफ्नो देशको सीमामा नियमित सुरक्षा जाँचका क्रममा चाडका सैनिकले उद्धार गरेका थिए । यद्यपि सो कुराको नाइजेरिया र चाड दुबैतर्फबाट आधिकारिक पुष्टि हुन भने बाँकी छ ।
उत्तर–पूर्वी नाइजेरिया र क्यामरुनबाट थुप्रैं सर्वसाधारणलाई अपहरण गरेको आरोप बोकोहराममाथि लागेको छ । गएको अप्रिलमा दुई सय स्कूले बालिका अपहरण गरेपछि इस्लामिक राज्य बनाउने बोकोहरामको योजनासहितको उसको आपराधिक हर्कत विश्व समुदायमा छताछुल्ल भएको छ ।
उता, इराकमा इस्लामिक राज्य बनाउन लागिपरेको लडाकू समूह आईएस बेलायतका लागि पनि खतरा रहेको प्रधानमन्त्री डेभिड क्यामरुनले बताएका छन । प्रधानमन्त्री क्यामरुनले खतरा कम गर्नका लागि आईएस लडाकूविरुद्ध कार्वाही गर्नैपर्ने धारणा राखेका छन ।
प्रकाशित मिति: 2014-08-17 02:41:40
प्रतिक्रिया: