चरीको शवको आज पोष्टमार्टम सम्पन्न
Admin / 2014-08-16 09:01:11
नेपाल ब्युरो–साउन ३१, काठमाडौँ ।
काठमाडौंको भीमढुगामा प्रहरीसँगको मुठभेडमा मारिएका चरी डन भनेर चिनिने दिनेश अधिकारीको शवको आज १० दिनपछि पोष्टमार्टम भएको छ ।
चरीको मृत्यु भएको १० दिनपछि पोष्टमार्टम भएको हो । तर, परिवारले उनको हत्या भएको भन्दै दोषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने अडान दोर्होयाएका छन् ।
पोष्टमार्टम नगर्दा कतिपय प्रमाण नष्ट हुने भन्दै विशेषज्ञ डाक्टर र एमाले नेताहरुले गरेको आग्रहपछि पोष्टमार्टमका लागि तयार भएको चरीका दाजु धु्रव अधिकारीले जानकारी दिनुभयो ।
पोष्टमार्टम रिपोर्टका प्रारम्भिक जानकारी अनुसार चरीको शरीरमा सात गोली लागेको पाइएको छ । ६ गोली पछाडिबाट अगाडि निस्किएको र एक गोली मेरुदण्डले छेकेर राखेको रिपोर्टमा देखाइएको अधिकारीले जानकारी दिए ।
गोलीले चरीको मुटु, फोक्सो कलेजो सबै छेडेको रिपोर्टमा उल्लेख छ । चरीको शव पोष्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै राखिएको छ ।
उनको साउन २१ गते काठमाडौंको भीमढुंगामा भएको ‘इनकाउन्टर’मा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: 2014-08-16 09:01:11
प्रतिक्रिया: