काठमाडौं, ३० साउन
तीन दिनदेखि परिरहेको अविरल
वर्षाका कारण बाँके, बर्दिया
र कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । हजारौं मानिस विस्तापित भएका छन् ।
बाँकेमा लक्ष्मणपुर बाँधका कारण अधिकांश गाविसहरु डुवानमा परेका छन्, भने कैलालीमा कैलाशपुरधाम
बाँधका कारण अधिकांश बस्ती डुबानमा परेका छन् ।
सरकारले बाँकेमा रहेका
लक्ष्मणपुर बाँधको ढोका खोल्न भारत सरकारलाई आग्रह गरेपनि भारतले अहिलेसम्म बाँधको
ढोका नखोल्दा डुबानको समस्या झन बढेर गएको छ । शुक्रबार गृह र परराष्ट्र
मन्त्रालयका अधिकारीको संयुक्त बैठकले लक्ष्मणपुर बाँध र कैलाशपुरधाम बाँधको ढोका
खोल्न भारत सरकारसँग आग्रह गरेको परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले बताए ।
उनले भारतीय बाँधका कारण भएका
डुबानका समस्या कुटनीतिक पहलमार्फत समाधान गर्ने प्रयास भइरहेको मन्त्री पाण्डेले
बताए । ‘हामीले
भारत सरकारलाई लक्ष्मणपुर बाँध र कैलाशपुरधाम बाँध खोल्न आग्रह गरेका छौं, मन्त्री पाण्डेले भने । तर भारतले
अहिलेसम्म भारतीय भूभाग डुबानमा पर्ने भन्दै बाँध खोल्न मानेको छैन् ।
डुवानमा परेका सर्वसाधारणलाई
सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको बताउदै उनले हेलिकोप्टरमार्फत उद्दार गर्ने
तयारी भएपनि हेलिकोप्टर बस्न नसकेका कारण उद्दारमा कठिनाई भएको जानकारी दिए ।
बाढीका कारण बाँकेको होलियामा
मात्रै करिब एक हजार घरपरिवार प्रभावित भएका छन् । होलियाका टेपरी, कृषि चौफेरी, पिप्रहवा, खडैया, बालुपुरवालगायतका गाउँमा राप्ती
नदी पसेको छ । उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी
परिचालन गरिएको छ ।