एनआरएन जापानले सुनकोशी पहिरो पिडितको लागि राहत संकलन गर्ने
जापानबासी नेपालीहरुलाइ सहयोगको लागि अपिल
मितेरीजापान डट कम / 2014-08-05 03:18:04
गत शुक्रबार सिन्धुपाल्चोक जिल्ला स्थित राम्चे गा बि स को इटनी भिरमा गएको भिषण पहिरोको कारणले उत्पन्न प्रकोपमा परेकाहरुको सहयोगार्थ एनआरएन जापानले राहत संकलन अभियान संचालन गर्ने भएको छ ।एनआरएन, जापानले आज एक बिज्ञप्ति प्रकाशित गर्दै सुनकोशीमा आएको पहिरोले जनधनको क्षति हुन पुगेको खबरले एन आर एन जापान स्तब्ध भएको जनाउदै जापानबासी नेपालीहरुलाई सहयोगको लागि अपिल गरेको हो ।
संस्थाका कार्यबाहक अध्यक्ष नर बहादुर थापा द्वारा जारी बिज्ञप्तिमा भनिएको छ - उक्त दैविक प्रकोपमा परि दिबंगत हुनु भएका व्यक्ति हरुका परिवारजनहरुमा हार्दिक समबेदना ब्यक्त गर्दै दिबंगत आत्माहरुको चिर शान्तिको कामना गर्दछौ | साथै घाइते हुनु भएका व्यक्तिहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ |
यस अकल्पनीय प्राकृतिक प्रकोपमा परि घरबार बिहीन हुन पुगेका परिवारजनलाइ सहयोग गर्नु आफैमा मानबिय धर्म हुने भएकोले सुनकोशी पिडित परिवारको राहतको लागि संकलन गरिन लागिएको आर्थिक सहयोगको अभियानमा यथासक्दो सहयोग गरि दिनु हुन सबै क्षेत्रीय समिति , जापानमा क्रियाशील संघ सस्था साथै जापानबासी नेपाली समुदायमा बिज्ञप्ति मार्फत हार्दिक अपिल गरिएको छ | एन आर एन जापानले सहयोग गर्न इच्छुक महानुभाबहरुलाइ सस्थाको बैंक खातामा सहयोग रकम उपलब्ध गराइ अनिवार्य रुपमा मोबाइल नम्बर ०८०-४६१०-४८२१(दिपक थापा ) मा सहयोग गरिएको जानकारी सहितको खबर वा फोन गरिदिनु हुन अनुरोध गरिएको छ |
बैंक खाता नम्बर -
१००१० -५२३७०३६१ (JP Bank)
प्रकाशित मिति: 2014-08-05 03:18:04
प्रतिक्रिया: