बिहीबारदेखि हस्तलिखित राहदानी नचल्ने
Admin / 2014-05-14 08:47:58
नेपाल व्युरो- वैशाख ३१, काठमाण्डौ । हस्तलिखित राहदानी भएका वैदेशिक रोजगारीमा जानेहरुले भोलिदेखि श्रम स्वीकृति नपाउने भएका छन् ।
सरकारले रोजगारीका सिलसिलामा विदेश जाने कामदारका लागि भोलि विहीबारदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी अनिवार्य लागू गर्ने परराष्ट्र मन्त्रालयको एम आर पी विभागले जनाएको छ ।
तर भिषा लागिसकेका र पुनः श्रम स्वीकृतिका लागि एमआरपी बनाउन निवेदन दिइसकेकालाई केही समयको लागि हस्तलिखित राहदानीबाट पनि श्रम स्वीकृति दिने निर्णय गरिएको विभागले जनाएको छ ।
हस्तलिखित राहदानीबाट श्रम स्वीकृति पाउन एमआरपी बनाउन निवेदन दिएको रसिदको प्रमाणित प्रतिलिपीसहित निवेदन दिनुपर्नेछ । त्यस्ता कामदारको हकमा एमआरपी प्राप्त भएपछि हस्तलिखित राहदानी बिस्थापित हुनेछ ।
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले २०७२ साल मंसिर ७ गतेदेखि अन्तर्राष्ट्रिय रुपमै हस्तलिखित राहदानी प्रचलनमा प्रतिबन्ध लगाएको छ ।
आइकाओको प्रतिबन्ध अगावै हस्तलिखित राहदानी बिस्थापन गरिसक्ने उद्धेश्यले सरकारले वैदेशिक रोजगारीका लागि एमआरपी अनिवार्य गरेको हो ।
प्रकाशित मिति: 2014-05-14 08:47:58
प्रतिक्रिया: