राजधानीमा 'मोदी आतंक'
सुरक्षाको नाममा अनाबश्यक खनतालासी र केरकार
Admin / 2014-08-01 11:49:45
काठमाडौँ, १६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आउने तयारीसँगै सर्वसाधारणमाथि सास्ती सुरु भएको छ ।मोदी भ्रमणका नाममा सरकारले सुरक्षा सर्तकता बढाउने नाममा सुरक्षा व्यवस्था कडा पारेसँगै सर्वसाधारणको सास्ती सुरु भएको हो ।
मोदीको आइतबारदेखि दुई दिने नेपाल भ्रमणमा आउदैछन । त्यसका लागि भन्दै सरकारले सुरक्षा चेक जाँच कडा पार्न थालेको छ । यसको प्रत्यक्ष असर सर्वसाधारण जनतामा पर्न गएको छ ।
सुरक्षा जाँचका नामा सुरक्षाकर्मीले सर्व साधारणमाथि अनावश्यक रुपमा केरकार गर्ने, उनीहरुका झोला जाँच्ने, जोसुकैमाथि शंकाको दृष्टिले हेर्ने र खानतलासी गर्ने खालका कार्यलाई तिव्रता दिएपछि अहिले सर्वसाधारणले दुखेसो पोख्न थालेका छन् ।
त्यसैगरी चाबहीलदेखि नारायणगोपाल चोक, राष्ट्रपति कार्यालय शितल निवास, शितलनिवासदेखि सिंहदरबार अनि नयाँ बानेश्वर, सोल्टी मोडस्थित होटल सोल्टीसम्म पुग्ने रुटमा पनि सुरक्षा व्यवस्था कडा गरिएको छ ।
मोदी नआउँदै यसरी खानतलासी र चेकजाँच गरिनुलाई सर्वसाधारणले ‘मोदी आतंङकको संज्ञा दिएका छन् ।
प्रकाशित मिति: 2014-08-01 11:49:45
प्रतिक्रिया: