गुन्डानाइके बाहुनलाई १५ वर्ष कैद सजाय माग
Admin / 2014-08-01 03:35:01
काठमाडौँ, १६ साउन । महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसन्धानमा सरकारी वकिलको कार्यालय काठमाडौले गुन्डानाइके रमेश बाहुनविरुद्ध लागू औषध अभियोगमा मुद्धा दायर गरेको छ ।काठमाडौ जिल्ला अदालतमा दायर गरेको मुद्धामा नेपाली सेनाका भगौडा बाहुनविरुद्ध १५ वर्ष कैद सजाय माग गरिएको छ ।
गत ११ असारमा २४ दशमलव ४ ग्राम खैरो हेरोइन र पेस्तोल सहित बाहुन पक्राउ परेका थिए ।
लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ को २ अनुसार उनीविरुद्ध मुद्धा दायर गरिएको छ ।
२५ ग्रामदेखि सय ग्राम खैरो हेरोइन बरामद भएमा १५ वर्षसम्म कैद सजाय हुने लागुऔषध नियन्त्रण ऐनमा उल्लेख छ ।
बाहुन करिब एक दशकदेखि गुन्डागर्दी र जर्वजस्ती असुली धन्दा चलाउँदै आएका थिए ।
४ माघमा बाहुनलाई ललितपुरका मीनकृष्ण महर्जनलाई गोली हानेको अभियोग छ ।
प्रकाशित मिति: 2014-08-01 03:35:01
प्रतिक्रिया: