नेपाल समाचार

सातबुँदे सहमति दराजमा थन्क्याउनका लागि गरिएको होइन’ । ओली


Admin / 2014-07-29 19:42:13


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनअघि नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति असक्षरशः पालना नभए सत्ता गठबन्धनमा संकट आउने संकेत गरेका छन् ।
एक साता सिंगापुरमा उपचार गराएर फर्किएका ओलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने-’सातबुँदे सहमति दराजमा थन्क्याउनका लागि गरिएको होइन’ । ओलीले राष्ट्रपति र उपराष्ट्रपतिलाई व्यवस्थापिका संसदले अनुमोदन गर्नुपर्ने वा नयाँ निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको स्पष्ट पारे ।
कांग्रेस एमालेबीचको सातबुँदे सहमतिमा संसदबाट राष्ट्रपति उपराष्ट्रपतिको अनुमोदन गर्ने र नयाँ संविधान जारी भएपछि यी दुवै संस्थाका साथै सभामुखको पनि निर्वाचन गर्ने उल्लेख छ ।कांग्रेसले राष्ट्रपति अनुमोदनको कुरा सकिएको भन्दै त्यसलाई अस्वीकार गरिरहेका बेला प्रमुख सत्तारुढ घटक एमालेले यो विषय नछाड्ने स्पष्ट संकेत गरेको छ । ओलीले अब पार्टीको महाधिवेशनले निर्देश गरे बमोजिमक एमालेले आफ्नो कदम अघि बढाउने बताए ।
ओलीलाई स्वागत गर्न विमानस्थलको विशिष्ठ कक्षमा कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिवहरु पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, प्रदीप ज्ञवाली लगायतका नेताहरु पुगेका थिए । ओलीलाई स्वागत गर्न कार्यकारी राजनीतिबाट बिदा लिएका बयोबृद्ध नेता भरतमोहन अधिकारी समेत विमानस्थल पुगेका थिए ।
उनी प्रायः नेताहरुलाई स्वागत वा बिदाइ गर्न जाने गरेका थिएनन् । ओली दाहिने हात सुन्निने फंगल समस्याको उपचार तथा आफ्नो स्वास्थ्यको चेकजाँचका लागि गत साता सिंगापुर गएका थिए ।
प्रकाशित मिति: 2014-07-29 19:42:13
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing