नेपाल समाचार

पारसलाई हिमानीले निर्मल निवासमा छिर्न नदिने


Admin / 2014-07-27 23:14:22


काठमाडौं,साउन१२– पुर्वराजा ज्ञानेन्दैले पारसका नाममा चाकडी,चाप्लुसी बजाउने र उनलाई उक्साउनेहरुको लिष्ट तयार पार्दै तिनीहरुलाई निर्मल निवास वरीपरी आउन निषेध गरेको समाचार छ । पारसका साथी राजु सिंह उनलाई निकै बैंकक गएका बेला यता निर्मल निवासमा भने उनीसहित पारसका आसेपासे,साथीभाई र चाकडीबाजहरुको लिष्ट तयार पारिएको छ । हिमानीको सक्रियतामा पारसका कुलतका साथ र उनको आडमा राजनीति गर्न खोज्नेहरुको लिष्ट बनाइएको उच्च स्रोतले जनाएको छ । पुकार राणा,राजु सिंह,मीन बस्नेत लगायतका पारसका पुराना साथीहरुलाई अचेल राजकुमारी हिमानीले देख्न पनि चाहन्नन् । 
हिमानीविरुद्ध पारसलाई भड्काउनेमा समेत उनका आसेपासे लागेको निर्मल निवासको ठहर छ । स्रोतका अनुसार पारसले नेपाललाई नेपाल ल्याउन र उनको आडमा राजनीति गर्न खोज्नेहरुलाई समेत पुर्वराजाका साथै पारसकी पत्नी पुर्वराजकुमारी युवराज्ञी हिमानीले रुचाउन छाडेका छन् । पारसलाई पुर्वराजाका जन्मदिन असार २३ गते मै नेपाल ल्याउनका लागि किशोरी महतो,जगत गौचन लगायतका राजावादीहरुले प्रयास गरेका थिए । तर त्यतिवेला पनि पुर्वराजा र हिमानीको कारण उनीहरुको प्रयास असफल भएको थियो । त्यही समुह अहिले पारसलाई नेपाल ल्याउन लागिपरेको छ । यी व्यक्तिहरुलाई निर्मल निवासमा निषेध गरिएको स्रोतले बतायो ।
हिमानी अब कुनै पनि हालतमा पारससँग अब संगै बस्न नसक्ने अबस्थामा पुगेकी छन् । उनले आफु निकटस्थ साथीसँगी र हिमानी ट्रष्टका पदाधिकारीहरुलाई पनि यो कुरा जानकारी गराइसकेकी  । आफुमाथि पारसले शारीरिक र मानसिक यातना दिने गरेको हिमानीले बताएकी छन् । ‘उनी पारससँग कानूनी रुपमै सम्बन्ध बिच्छेद गर्न चाहन्छिन् तर पुर्वराजा ज्ञानेन्द्रको अबस्था र पुर्वराजपरिवारको प्रतिष्ठाका लागि मात्र उनी चुप छिन्,’ हिमानीका एक निकटस्थले भने ।पारस नेपाल आएपछि हिमानी पारससँग सँगै नबस्ने स्रोतले जनाएको छ । उनीहरुबीच कुनै पनि सम्बन्ध नभएको पाँच वर्ष पुगिसकेको छ । ‘पाँच वर्षसम्म त उसलाई म चाहिएन भने अब किन सँगै बस्ने’ हिमानीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । आजको साँघु साप्ताहिकमा खबर छ । 
प्रकाशित मिति: 2014-07-27 23:14:22
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing