प्रियंका कार्की र चलचित्र पत्रकारको कुरा मिल्यो
Admin / 2014-07-27 22:04:14
पत्रकारलाई अनावश्यक लाञ्छाना लगाएर फेसबुकमा स्टाट्स लेखेर विवादमा आएकी अभिनेत्री प्रियंका कार्की र चलचित्र पत्रकारबीचको विवाद टुंगिएको छ । पत्रकारिताको मर्यादा मै आँच आउने किसिमले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै चलचित्र पत्रकार जिवन पराजुलीले चलचित्र पत्रकार संघमा कार्कीलाई कारवाहीको माग गर्दै निवेदन दिएपछी यो विषय थप चर्चामा आएको थियो । यो ममिलामा पराजुलीलाई साथ दिँदै सम्पुर्ण चलचित्र पत्रकारहरुले कार्कीको जवाफ मागेका थिए ।
सुरुमा पत्रकारलाई नै गाली गलौच गर्दै स्टाटस लेखेर ईडिट गर्दै अन्त्यमा हटाएकी कार्कीले आईतवार चलचित्र पत्रकार संघलाई सम्वोधन गर्दै लेखेको पत्रमा तत्कालिन अवस्थामा आवेगमा आफुले सो स्टाटस राखेको र प्रेसको सम्मान गर्दै स्टाटस हटाएर अभिव्यक्ति फिर्ता लिएको बताएपछी अभिनेत्री कार्कीसँगको विवाद टुङ्गिएको हो ।
पत्र मार्फत कार्कीले ‘सञ्चारकर्मी तथा पत्रकार साथीहरुसँग मेरो सम्बन्ध सधै राम्रो रहिआएको र आउदो दिनहरुमा पनि यो सम्बन्ध कायमै राख्नको लागि, अन्य सुभचिन्तकहरुको सुझाव पछी उक्त स्टाटस सम्मान पुर्वक हटाएको बताउँदै कलाकार र पत्रकारको सहकार्य र मेलमिलापले नै चलचित्र उधोग बिकासको पथमा लम्किने भएकोले, हाम्रो सहकार्य सधै रहिरहोस भन्ने कामना समेत गरेको बताएकी छिन् ।
केहि समय अगाडी एक चलचित्रको कार्यक्रममा पुग्दा वार्डरोप मालफङ्सनको सिकार बनेकी प्रियंकाको यो विषयको समाचार मिडियामा आएपछी उनले पत्रकारलाई गाली गर्दै फेसबुकमा स्टाटस लेखेकी थिईन । त्यसको बिरोधमा सम्पुर्ण चलचित्र पत्रकार लागेका थिए ।
प्रकाशित मिति: 2014-07-27 22:04:14
प्रतिक्रिया: