अनेक थरिका तीज गीत,भिडियो उस्तै
Admin / 2014-07-26 08:25:48
हिन्दुनारीहरुको महान पर्ब तिजको पूर्व सन्ध्यामा तीजका म्युजिक भिडियोले ब्यापकता पाउन थालेको छ । एक महिना पहिले देखि नै महिला कलाकारलाई तीजको रौनक चढी सकेको छ । यसो त पछिल्लो समयमा पुरुष कलाकारहरु पनि तीजका गीतका म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । गीत चर्चित बनाउनका लागि गायक गायिका र निर्माण कम्पनीले बिशेष गरी फिल्म क्षेत्रका चलेका अनुहारलाई तीजको गीतमा खेलाइने गरिन्छ ।
सस्कृतिको नाममा सार्बजनिक हुने गीतले बिकृति समेत फैलाउने गरेका छन् । केहि दिन अघि मात्रै सार्बजनिक भएको गायक पशुपति शर्माको गीत बिबादित बने पछी अहिले प्रसारण नै बन्द गरिएको छ । तीजका गीतमा अश्लिलतालाई मुख्य मसला बनाइएको गीत बढी मात्रामा चर्चित हुने गरेका छन् । यसो त तीजका गीतमा अभिनय गर्ने नायक नायिका तथा कलाकारले तीजका गीतलाई कमाउने मौका मान्दै ओभर टाईम गर्ने गरेका छन् ।
यसै क्रममा अभिनेत्री सुष्मा कार्की र नायक सुशान्त कार्कीले एक तीजको गीतमा अभिनय गरेका छन् । जुन गीत सुन्दा अश्लिल लाग्छ । श्रीदेबी देबकोटाको तीजको गीति एल्बम ‘पिठ्यूमा कनाइँ देउ न बाइ’ मा समाबेश गरिएको ‘मेरो त पिठ्यूमा बेस्सरी चिलायो , बैसपो चढ्यो कि जुम्रा पो पर्यो कि , ए होइ कन्याइदेउन बाइ ’ बोलको श्रीदेबी देबकोटा र प्रकाश कटुवालको स्वर रहेको गीतमा अभिनेत्री सुष्मा कार्की र नायक सुशान्त कार्कीले अभिनय गरेका छन् भने टेलिभिजन सिरियल ‘भद्रगोल’का कलाकाकारले समेत अभिनय गरेका छन् ।
प्रकाशित मिति: 2014-07-26 08:25:48
प्रतिक्रिया: