शेर्पा संचारको शाखा सोलुखुम्बुमा
फुर्बा शेर्पा / 2014-07-24 03:12:53
सोलुखुम्बु — दाडोमा शेर्पाको अध्यक्षतामा शेर्पा संचार समुह नेपालको सोलुखुम्बु जिल्ला शाखा तर्दथ समिति गठन गरिएको छ । दाडोमाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको हो । समूहका केन्द्रीय अध्यक्ष पेम्बा गेलु शेर्पाको उपस्थितिमा आयोजित एक कार्यक्रममा समिति गठन गरिएको जनाएको छ ।
शेर्पा जातिको हक हित, भाषा, संस्कृति जगेर्ना गर्न, शेर्पा जातिहरुको सूचना, सञ्चार क्षेत्रमा पहुँच अभिवृद्धि गर्नका लागि समिति गठन गरिएको हो ।
समितिका पदाधिकारीमा पसी, माया, पसी, आङफूर्वा, आङ्ग ल्हाक्पा, सानी, पासाङ्ग दोर्जी शेर्पा रहेका छन् । कार्यक्रममा नेपाल शेर्पा संघ सोलुखुम्बुका अध्यक्ष दावा तेन्जी लामा, शेर्पा संघ शेर्पा संघ युरोपका सल्लहाकार आङ छिरिङ शेर्पा, नेपाल शेर्पा संघ केन्द्रीय समितिका पुर्व सदस्य आङ गेलु शेर्पा र नेपाल शेर्पा संघ सोलुखुम्बुका कोषाध्यक्ष दोर्जी शेर्पाको उपस्थिति रहेको थियो ।
२०६५ सालमा स्थापना भएको शेर्पा संचार समूह नेपालले आम सञ्चार क्षेत्रमा शेर्पाहरुको पहुँच बढाउन विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । विभिन्न चरणमा आधारभुत उद्घोषण तथा पयुवाहरुको क्षमता अभिवृद्धिसँगै पत्रकारिता क्षेत्रमा उनीहरुलाई अभिमुखीकरण समेत गर्दै आईरहेको यो संस्था समाज कल्याण परिषदमा आवद्ध रहेको छ भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संस्थापक सदस्य संस्थाको रुपमा समेत रहेको छ ।
प्रकाशित मिति: 2014-07-24 03:12:53
प्रतिक्रिया: