भारतीय टेलिभिजन ‘कलर्स’बाट प्रशारण हुने चर्चित रियालिटी शो ‘बिग बोस’को आठौं संस्करणका प्रस्तोता पनि बलिउड नायक सलमान खान नै हुने भएका छन् । चौंथो संस्करणदेखि ‘बिग बोस’ सञ्चालन गर्दै आईरहेका सलमानले यसअघि यसपटकको श्रृखंला सञ्चालन नगर्ने चर्चा बलिउडमा चलेको थियो।
सोही कारण यस पटक अर्का चर्चित बलिउड अभिनेता शाहरुख खान, रणबीर कपूर, रणवीर सिंह तथा रितिक रोशन प्रश्तोता हुन् हल्ला बलिउडमा फैलिएको थियो।
तर, अहिले भने सलमान बिग बोस सञ्चालन गर्न राजी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच बलिउड अभिनेता सलमान खानले टेलिभिजनका लागि सर्वाधिक पारिश्रमिक लिने भारतीय कलाकारको रुपमा रेकर्ड बनाउँदै छन्। ४८ वर्षीय सलमानले आउँदो टिभी शो 'बिग बोस ८'का लागि प्रति शृंखला ६ करोड भारु लिने सम्झौता भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन्। उक्त सो २६ शृंखलाको हुनेछ।
बिगबोस पछिल्लो संस्करण भन्दा केही फरक तथा भब्य हुने बताइएको छ। साथै उक्त कार्यक्रम अघिल्लो श्रृंखलाको भन्दा फरक समयमा प्रसारण हुनेछ।