अभिनेत्री प्रियंका कार्कीलाई स्पस्टिकरणका लागि अल्टिमेटम
Admin / 2014-07-23 09:53:10
अभिनेत्री प्रियंका कार्कीको भित्री बस्त्र देखिएको तस्बिर सार्बजनिक पछी जारी ताण्डब अन्तत:स्पस्टिकरण सम्म आइपुगेको छ । प्रियंकाले आफ्नो भित्रि बस्त्री देखिएको तस्बिर सार्बजनिक भए लगत्तै समग्र पत्रकार र पत्रकारिता जगत प्रति लान्छना लाग्ने किसिमले सामाजिक संजाल फेसबुकमा स्टाटसले धावा बोलेकी थिइन् ।
प्रियंकाले लेखेका शब्दकै कारण पत्रकारिता जगतलाई मान्य नहुने भन्दै चलचित्र पत्रकार जीवन कुमार पराजुलीले चलचित्र पत्रकार संघमा निबेदन दर्ता गरेपछि अभिनेत्री प्रियंका थप आलोचित र बिबादमा तानिएकी छिन् । सो निबेदन उपर बुधबार बसेको चपस बैठकले प्रियंका संग शुक्रबार सम्ममा समग्र पत्रकारिता जगतलाई चित्त बुझ्ने किसिमको लिखित स्पस्टिकरणको माग गरेको संघका महासचिब सन्दिप सापकोटाले फिल्मीबजार डटकमलाई बताए । उनका अनुसार बैठकले निबेदन उपर छलफल गरेको र त्यस लगत्तै प्रियंका संग पनि सोधपुछ गरिएको छ ।
महासचिब सापकोटाका अनुसार किन त्यस किसिमको धावा बोल्नु भएको भन्ने सन्दर्भमा ‘आफ्नो त्यस किसिमको तस्बिरले निकै तनाब झेल्नु परेको कारण आवेसमा आएर स्टाटस लेखेको’ प्रियंकाले बताएकी छिन् । अब संघले शुक्रबार सम्म प्रियंकाको लिखित स्पस्टिकरण प्रतीक्षा गर्ने र त्यस अनुरुप अगाडी बढ्ने पनि महासचिब सापकोटाले बताए ।
उता अभिनेत्री प्रियंकाले भने ‘अहिले आफुलाई मिडियामा बोल्ने कुनै चाहना नरहेको र चलचित्र पत्रकार संघका महासचिब सन्दिप सापकोटा संग कुरा भैसकेको र समस्याको समाधान पनि सापकोटा संग नै लिने बताउदै अरुलाई भन्नु पर्ने आबश्यकता नरहेको जीकिर गरेकि छन । त्यसै गरी निदेदक पत्रकार जीवनकुमार पराजुलीले पनि आफ्नो निबेदन उपर अाधिकारीक धारणा नआउदा सम्म केहि नबोल्ने बताए ।
प्रकाशित मिति: 2014-07-23 09:53:10
प्रतिक्रिया: