यस्तै भएको छ नागोयादेखि २० किलोमिटर टोयोटा नजिकै मिसानो भन्ने ठाउँमा । घटना गत शुक्रबार करिब ६:३० बजेको हो । टोयोटास्थित इन्डियन रेष्टुरेन्ट नान हाउसमा कुक काम गर्दै आएका स्याङजा घर भएका विश्वराज तिमिन्सेना उनकी श्रीमती उमा र पोखरा घर भएका सँगै काम गर्ने दिनेश सापकोटा र उनकी श्रीमती एउटै अपार्टमेन्टमा बस्दै आएका थिए । घटना शुक्रबारको भए पनि त्यसको दुइ दिन अगाडी यो सापकोटाको अपार्ट होइन ? भन्दै एक जना नेपाली केटा र केटीले ढोका खोल्न लगाए । अपार्टमा दिउँसो उमा तिमिन्सेना मात्र बस्थिन । अरु भने काममा जाने गर्थे । उमाले उनीहरुलाइ जुस पनि दिइन्, तिनीहरुबिच जापानमा कामका समस्याको बारेमा कुरा भयो तिनीहरुले आफु सापकोटाको साथी भएको बताए ।
त्यसको दुइ दिनपछि दुइजना नेपाली केटीहरु फेरी आए उमाले ढोका खोलिन । ती दुइजनामध्य एक जना केटी दुइदिन अगाडि नै आएकी मध्यकी थिईन । केहि क्षणमा नै ति मध्य एकजना केटीको मोबाइल बज्यो । ति केटीले हामी यहि हो भनेर मोबाइल राखिन् । लगत्तै दुई दिन अगाडि आएका ति युवक आएर खुकुरी देखाएपछि आफ्नो होस हवास उडेको उमा बताउछिन् । ‘हल्ला गरिस भने …………… ‘ भन्दै सबै आफ्नो र तारा सापकोटाको गरगहना झोलामा हाल्न लगाएको उनी बताउँछिन् । साथैमा रहेका ति महिलाले आफ्नो एक जोर कुर्था सरवाल पनि छोडेनन् र लुटेरा युवकले आफ्नो पर्समा रहेको एक हजार येन पनि लगेको उमा बताउँछिन् । लुटेराहरुले उमा र ताराको गरी करिब ८ तोला सुनका गहना लगेका उनको भनाई छ । सो विषयमा प्रहरीलाई खबर गरिए पनि अहिलेसम्म घटनाको सत्यतथ्य थाहा हुन सकेको छैन । केही यस्ता नेपालीहरुले गर्दा सबै नेपालीहरुको बदनाम हुने हुँदा दोषी जो कोहीलाइ कडा कारवाही हुनुपर्ने एनआरएन जापानका अध्यक्ष पारसमणि पोखरेलले बताए ।
समुद्रपारी डटकमबाट